HaCked By sanfour25
सुचना
निःशुल्क तालिमको अवसर
निःशुल्क तालिमको अवसरनेपाल सरकारउद्योग मन्त्रालयघरेलु तथा साना उद्योग विभागघरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रत्रिपुरेश्वर, काठमाडौं ।तालिम सम्वन्धी सूचना प्रकाशित मिति २०६८।११।१४ यस प्रशिक्षण केन्द्रबाट आ.ब....
पृष्ठभूमि
नेपालमा वि.सं. १९९६ मा नेपाली कपडा र घरेलु इलम प्रचार अड्डाको स्थापनावाट सीपमूलक तामिमको थालनी भएको पाइए तापनि ब्यवस्थित रुपमा आ.व. २०१३/१४ मा घरेलु इलम केन्द्रको स्थापना भएपछि विभिन्न विषयको सीपमुलक तालिम प्रदान गर्ने प्रयास गरिएको पाइन्छ । यसरी स्थापना भएको घरेलु इलम केन्द्रलाई आ. व. २०२१/२२ देखी अञ्चल / केन्द्रमा परिणत गरिएपछि जिल्लास्तरमा विस्तार गरेको पाईन्छ । आ. व. २०२२/२३ मा घरेलु इलम केन्द्रलाई घरेलु तथा ग्रामिण उद्योग विभागको प्राविधिक शाखाको रुपमा कायम गरीयो । आ. व. २०५८/५९ देखि साना उद्योग प्रशिक्षण केन्द्रमा परिणत गरि तालिमको प्रकृतिमा पनि समायोजन गरियो । आ. व. २०५८/५९ देखि विगतमा घरेलु तथा साना उद्योग विभाग अर्न्तर्गत छुटै आयोजनाको रुपमा सन्चालित छाला वस्तु पर््रवर्द्धन आयोजना सेरामिक आयोजना, हाते कागज आयोजना, हाते कागज आयोजना र २०५९/६० मा तयारी पोशाक आयोजनालाई समेत समायोजन गरी घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रको पुनः संरचना गरिएको छ । तालिमको प्रकृतिमा पनि समायोजन गरी लामो समयको औपचारिक तालिम सन्चालन नगरी वढीमा ४ महिना अवधिसम्मको वस्तुगत तथा व्यवसायमूलक सीप विकास तथा क्षमता अभिवृद्धि तालिम र अन्य अल्पकालिन तालिमहरु सन्चालन गर्ने गरिएको छ ।
निःशुल्क तालिम सम्वन्धी सूचना
निःशुल्क तालिम सम्वन्धी सूचना
नेपाल सरकार
उद्योग मन्त्रालय
घरेलु तथा साना उद्योग विभाग
घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र
त्रिपुरेश्वर, काठमाडौं ।
प्रकाशित मिति २०६८।११।१४
यस प्रशिक्षण केन्द्रबाट आ.ब. २०६८।६९ को तेश्रो चौमासिक अवधिमा संचालन हुने तपशिलका तालिमहरु लिन इच्छुक नेपाली नागरिकहरुले यस केन्द्रवाट वितरित आवेदन फाराम भरी रु. १०।– को टिकट टाँसी नागरिकताको प्रमाण–पत्र र शैक्षिक योग्यताको प्रमाण–पत्र र एडभान्स तालिमको लागि सम्बन्धित विषयको तालिम प्रमाणपत्रको प्रतिलिपीहरु समेत संलग्न राखी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र पेश गर्नु हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सि.नं. तालिमको विवरण तालिम अवधि योग्यता परीक्षाको किसिम
क) सीप अभिवृद्धि तालिम (एडभान्स)
१. गार्मेण्ट पार्ट सिलाइ ( एबचत क्भधष्लन) ४५ दिन सिलाई वेसिक तालिम प्राप्त लिखित /अन्तरवार्ता परीक्षा
२. स्कुल ड्रेस ३ महिना सिलाई वेसिक तालिम प्राप्त लिखित/अन्तरवार्ता परीक्षा
ख) सीपमुलक तालिम ( बेसिक)
१. मेसिन होजियरी ३ महिना साधारण लेखपढ अन्तरवार्ता
२. हाते कागज वस्तु उत्पादन तालिम ४५ दिन साधारण लेखपढ अन्तरवार्ता
३. ब्याग ÷मखमल जुत्ता बनाउने तालिम (स्पोर्ट्स ब्याग,लेडिज ब्याग,पर्स,वालेट,स्कुृल ब्याग, सपिङ व्याग बनाउने र मखमल÷ढाकाबाट जाडोमा लगाउने जुत्ता र पार्टीहरुमा लगाउने जुत्ता बनाउने ) ४ महिना साधारण लेखपढ अन्तरवार्ता
४. हाते इम्ब्राइडरी ३ महिना साधारण लेखपढ अन्तरवार्ता
५. हाउसवायरिङ/इलेक्ट्रिकल ३ महिना साधारण लेखपढ अन्तरवार्ता
६. टेक्सटाइल (ढाका कपडा,शल आदि बनाउने ) ३ महिना साधारण लेखपढ अन्तरवार्ता
७. विन्दिया बनाउने १५ दिन साधारण लेखपढ अन्तरवार्ता
८. मैनबत्ति बनाउने ७ दिन साधारण लेखपढ अन्तरवार्ता
९. फर्निचर तालिम(चौकोस,टेवुल,फ्रेम,दराज आदि बनाउने ) ३ महिना साधारण लेखपढ अन्तरवार्ता
१०. फेल्ट वस्तु बनाउने तालिम १ महिना साधारण लेखपढ अन्तरवार्ता
नोटः–
ड्ड तालीममा सहभागी छनौट गर्दा महिला, मधेशी, अपाङ्ग, द्वन्दपीडित, दलित, जनजाति, शहीदका परिवार र पिछडिएका वर्ग एवं क्षेत्रका व्यक्तिहरु र एडभान्स तालिमका हकमा यस केन्द्रबाट बेसिक तालिम प्राप्त गरी आय आर्जनमा संलग्न भएकाहरुलाई विशेष प्राथमिकता दिइनेछ ।
ड्ड उपर्युक्त संख्यामा आवेदन प्राप्त नभएमा वा अन्य कारणबाट तालिम संचालन हुन नसक्ने भएमा तालिम कार्यक्रम रद्द वा परिवर्तन गर्न सकिनेछ ।
ड्ड तालिम अवधिभर यस केन्द्रको अनुशासन र क्रियाकलापमा सहभागी हुनु प्रशिक्षार्थीको लागि अनिवार्य शर्त हुनेछ ।
ड्ड प्रशिक्षार्थीहरुले कुनै प्रकारको भत्ता पाउने छैनन् ।
ड्ड परीक्षा कार्यक्रमः– सम्पर्क मितिमा जानकारी गराइनेछ ।
दरखास्त दिने स्थान ः– घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र, त्रिपुरेश्वर, काठमाण्डौ ।
ड्ड तालिम आवेदन फाराम बुझाउने अन्तिम मितिः– २०६८/ ११/२८
ड्ड सम्पर्क मिति ः– २०६८। ११ । २९
सीप सिकौं, आत्मनिर्भर वनौं ।
आगामी कार्यक्रम
Error: No articles to display









